कैलाली- धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ स्थित बी पोलिटेक्निकमा महिला होल्डिङ आइसोलेसन स्थापनाको अन्तिम तयारी थालेको छ।
उपमहानगरपालिकाले शुक्रबार महिला होल्डिङ आइसोलेसनको ढाँचा, सहयोग र समन्वयका विषयमा सरकारी तथा राष्ट्रिय तथा अन्तर्राष्ष्ट्रििय गैरसरकारी संस्था, निजी क्षेत्र र सुरक्षा निकायसँग छलफल गरेको छ।
‘महिला होल्डिङ आइसोलेसनलाई नमुना बनाउने तयारी भइरहेको छ,’ नगरप्रमुख वडले भने, ‘यसका लागि सहकार्य गर्ने सबैप्रति आभारी छौं।’
उपमहानगरपालिकाले आफ्नै आइसोलेसन संचालनमा ल्याएको नगरप्रमुख वडले बताए।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले महिला होल्डिङ आइसोलेसन व्यवस्थापन मोडालिटीबारे छलफल भएको बताइन्। ‘हामीले महिलाका लागि नमुना आइसोलेसन संचालनमा ल्याउन खोजेका हौं,’ उनले भनिन्, ‘त्यसैले सबैको सहकार्य आवश्यक छ।’
प्रतिक्रिया दिनुहोस्