काठमाडौं- गण्डकीमा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिउँसो जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ संक्रमित लमजुङका छन्। यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या एक हजार २७८ पुगेको छ।
यसअघि आज बिहान गण्डकीका २५ जनामा कोरोना संक्रमण देखिएको थियो।
प्रतिक्रिया दिनुहोस्