गण्डकीमा थप २५ जना कोरोना संक्रमित

काठमाडौं- गण्डकी प्रदेशमा थप २५ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

नयाँ संक्रमितमध्ये नवलपरासी पूर्वका १७ र तनहुँका आठ जना रहेको गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालय आज (शुक्रबार) जारी गरेको प्रेस विज्ञप्ति उल्लेख छ।

कास्की, पोखरास्थित क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो। यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ५६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्