सुनको मूल्य आज फेरि घट्यो

काठमाडौं- सुनको मूल्य आज फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ।

हिजो प्रतितोला सय रुपैयाँ घटेको छापावाल सुन ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन पनि प्रतितोला पाँच सय रुपैयाँ घटेर ९१ हजार सात सय ६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्