‘किसान सशक्तीकरण भए मात्रै मुलुक समृद्ध हुन्छ’

डोटी- सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्णा जोशीले किसानको सशक्तीकरण भए मात्रै मुलुक समृद्ध हुने बताएकी छन्।

डोटीस्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्। उनले किसानको सशक्तीकरणका लागि तीनै तहका सरकारले ठोस नीति अघि सार्नुपर्ने उल्लेख गरिन्।

यसै नीति अनुरुप सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालको जिल्ला कार्यालय स्थापनामा गरेको उनले बताइन्। उनले कृषि उत्पादनको बजारीकरणका लागि डोटीको राजपुर र जोरायलमा चिस्यान केन्द्र स्थापनाका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्