वेस्ट इन्डिज र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट सुरु

काठमाडौं- वर्षाले प्रभावित वेस्ट इन्डिज र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट म्यानचेस्टरमा सुरु भएको छ।

टस हारेर ब्याटिङ गरिरहेको घरेलु टोली इंग्ल्यान्डले ६ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा ९ रन बनाएको छ। डोम सिब्ली ३ रनमा खेलिरहँदा रोरी बन्र्सले रन बनाउन सकेका छैनन्।

बलिङतर्फ सान्नोन ग्रेबियल र केमर रोच तीन/तीन ओभर बलिङ गरेका छन्। खेल जुन २० सम्म चल्ने छ।

शृंखलाअन्तर्गत पहिलो खेल वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्