भारतमा कोरोना : २४ घन्टामा २८,४९८ संक्रमित, ५५३ को मृत्यु

नयाँ दिल्ली- भारतमा पछिल्लो २४ घन्टामा २८ हजार चार सय ९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। उक्त अवधिमा त्यहाँ कोरोना संक्रमित पाँच सय ५३ जनाले ज्यान गुमाएका छन्।

भारतमा कोरोना संक्रमितको कूल संख्या ९ लाख ६ हजार ७५२ पुगेको छ। यीमध्ये तीन लाख ११ हजार ५६५ सक्रिय संक्रमित छन्। यस्तै, पाँच लाख ७१ ह्जार ४६० निको भएको श्रेणीमा छन्। भारतमा निको हुने दर ६३.०२ प्रतिशत छ।

यस्तै, त्यहाँ कोरोना भाइरस संक्रमित भएर ज्यान गुमाउनेको संख्या २३ हजार ७२७ पुगेको छ।

बिबिसी

प्रतिक्रिया दिनुहोस्