मुम्बई- बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएको छ।
कोरोना संक्रमण देखिएपछि अमिताबलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। त्यसअघि अभिषेकलाई पनि उक्त अस्पताल भर्ना गरिएको थियो।
महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘अमिताभ बच्चन तथा अभिषेक बच्चनको एन्टिजेन टेस्ट गरिएको थियो, जसको नतिजा पोजेटिभ आएको छ। उनीहरुका परिवारका अन्य सदस्य जया बच्चन तथाा ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिएको थियो। उनको परीक्षणकी नतिजा आइतबार आउनेछ।’
अभिताभले आफ्नो ट्विट ह्यान्डलमा ट्विट गरेर आफूलाई कोरोना पोजेटिभ भएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्