न्युयोर्क- अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नयाँ रेकर्ड बनेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ शुक्रबार ६३ हजार ९ सय जनामा कोरोना पुष्टि भएको छ। यो अहिलेसम्म एक दिनमा संक्रमण पुष्टि भएको सर्वाधिक हो।
यसअघि अमेरिकामा एक दिनमा ६३ हजार दुई ४७ जनामा कोरोना पुष्टि भएको थियो।
यससँगै अमेरिकामा कोरोना संक्रमितको कूल संख्या ३१ लाख ८१ ह्जार आठ सय ४६ जनामा कोरोना संक्रमण देखिसकेको छ। तीमध्ये एक लाख ३४ हजार ५९ जनाको ज्यान गएको विश्वविद्यालयले जनाएको छ।
बिबिसी
प्रतिक्रिया दिनुहोस्