जसले गरे एक महिनाको घरभाडा मिनाहा

धनगढी- कैलालीका एक घरधनीले एक महिनाको सटरभाडा मिनाहा गरेका छन्।

गौरीगंगा नगरपालिका-९, मसुरियाका भोजबहादुर बमले आफ्नो सटरमा पसल-व्यवसाय गरिरहेका व्यवसायीलाई सटरभाडा मिनाहा गरेका हुन्।

लकडाउनका कारण व्यवसाय ठप्प रहेकाले स्थानीय मसुरिया बजारमा रहेका ६ सटरको भाडा छुट गरेको उनले बताए।

एक महिनाको सटर भाडामा छुट पाएपछि राहत महसुस गरिएको न्यु राजन सपिङ सेन्टरका सञ्चालक नरेश ताडीले बताएका छन्।

बम सहकारी अभियान्ता पनि हुन्।

प्रतिक्रिया दिनुहोस्