तोलामा ६ सय बढ्यो सुनको मूल्य

काठमाडौं- नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँ बढेर ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य ९० हजार ९ सय रुपैयाँ कायम थियो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६० पुगेको छ। चाँदीको मूल्य ९ सय ५५ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्