भारतमा कोरोनाको नयाँ रेकर्ड, २४ घन्टामा २४८५० संक्रमित, ६१३ को मृत्यु

नयाँ दिल्ली- भारतमा हरेक दिन कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रेकर्ड टुटिरहेको छ।

आइतबार बिहान जारी गरिएको सरकारी तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घन्टामा २४ हजार आठ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ भने ६ सय १३ जनाको ज्यान गएको छ। यो एक दिनमा देखिएको सर्वाधिक संख्या हो।

यससँगै भारतमा कोरोना संक्रमितको कूल संख्या ६ लाख ७३ हजार एक सय ६५ पुगिसकेको छ। जसमा सक्रिय संक्रमितको संख्या दुई लाख ४४ हजार आठ सय १४ छ। यस्तै, कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या भने चार लाख ९ हजार ८२ छ।

भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १९ हजार ६ सय २८ छ।

बिबिसी

प्रतिक्रिया दिनुहोस्