सुदूरपश्चिममा ३९ जना कोरोना संक्रमित थपिए

धनगढी- सुदूरपश्चिममा थप ३९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार कैलालीमा १३, डोटीमा १२, कञ्चनपुरमा सात, बैतडीमा चार, अछाममा तीन र बझाङमा एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घन्टामा दुई सय ६९ जनाको कोरोना परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्