कञ्चनपुरमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा वडाअध्यक्ष पक्राउ

धनगढी- कञ्चनपुरमा स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना वडाअध्यक्ष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष राम नाथलाई पक्राउ गरेको हो।

महिलामाथि दुर्व्यवहार गरेको मौखिक उजुरीका आधारमा उनलाई हिजो राति नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्