प्रतितोला सय रुपैयाँ घट्यो सुनको भाउ

काठमाडौं- सुनको भाउ आज (मंगलबार) घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सय रुपैयाँ घटेर ९१ हजार दुई सय रुपैयाँ कायम भएको छ।

गत सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य ९५ रुपैयाँ घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९० हजार सात सय ६५ कायम भएको छ। गत सोमबार यसको मूल्य ९० हजार आठ सय ६० रुपैयाँ थियो।

चाँदीको मूल्य भने प्रतितोला ९ सय ४५ मा स्थिर छ।

प्रतिक्रिया दिनुहोस्