पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको हमला, सात जनाको मृत्यु

कराँची– पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्जको भवनमा बन्दुकधारीले हमला गरेका छन्।

उक्त हमलामा सबै (चार जना) बन्दुकधारीसहित सात जनाको मृत्यु भएको छ। हमला बिहान करिब ७ बजे भएको थियो। पार्किङ क्षेत्रबाट भवनमा घुसेका बन्दुकधारीले ग्रिनेट फालेका थिए।

एन्सचेन्जका प्रमुख फैसल इदीले बन्दुकधारी हमलावरको दुई शव देखेके बताए। उनका अनुसार सुरक्षा गार्डसहित तीन घाइतेलाई सिभिल अस्पताल लगिएको छ।

सिन्धका एडिसनल आइजी गुलाम नबी मेमनले बन्दुकधारी हमलावर सिल्भर कोरोला गाडीमा आएको र उनीहरुलाई गेटमा प्रहरीले रोकेको बताए। त्यसक्रममा गोलीबारी भएको उनको भनाइ छ।

मेमनका अनुसार दुई हमलावर गेटबाहिर मारिएका थिए भने दुई भवनभित्र जान सफल भएका थिए। उनीहरुलाई पनि मारिएको आइजी मेमनले बताए।

हमलावर मुख्य भवनभित्र जान नपाएको र उनीहरुसँग ग्रिनेट, गोला बारुद तथा अन्य हतियार रहेको आइजी मेमनले बताए।

बिबिसी

प्रतिक्रिया दिनुहोस्