भारतमा कोरोनाका सक्रिय संक्रमित : आठ राज्यमा ८५ प्रतिशतभन्दा बढी, कहाँ कति?

नयाँ दिल्ली- भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले आठ राज्यमा ८५ प्रतिशतभन्दा बढी कोरोना भाइरस (कोभिड-१९)का सक्रिय संक्रमित रहेको बताएका छन्।

उनले आफ्नो ट्विटर ह्यान्डलमा ट्विट गर्दै भनेका छन्, ‘भारतमा कोरोनाका सक्रिय संक्रमितमध्ये ८५.५ प्रतिशत तथा कोरोनाका कारण ज्यान गुमाउनेमध्ये ८७ प्रतिशत केबल आठ राज्यमा छन्।’

उनले ट्विट गरेको सूची अनुसार महाराष्ट्र कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ। यस सूचीमा तमिलनाडु, दिल्ली, तेलंगाना, गुजरात, उत्तर प्रदेश, आन्ध्र प्रदेश र पश्चिम बंगाल क्रमशः दोस्रोबाट आठौंमा छन्।

कहाँ कति?

बिबिसी

प्रतिक्रिया दिनुहोस्