गण्डकीमा थप १४ जनालाई कोरोना पुष्टि, १७ डिस्चार्ज

काठमाडौं- गण्डकी प्रदेशमा थप १४ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज (शुक्रबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये लमजुङमा ६, गोरखामा ५, पर्वतमा २ र कास्कीमा १ जना छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ८ सय ६ पुगेको छ। यस्तै, आज थप १७ जना डिस्चार्ज भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्