काठमाडौं- लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। बिहीबार रातिको खेलमा चेल्सीसँग म्यानचेस्टर सिटी २–१ ले पराजित भएपछि लिभरपुलले आफ्ना सात खेलअगावै उपाधि जितेको हो।
लिगको अंकतालिकामा लिभरपुलको ८६ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ऊ २३ अंकले अगाडि छ। लिगका सबै (सात खेल) जितेको अवस्थामा पनि म्यानचेस्टर सिटीले लिभरपुललाई अंक तालिकामा पछि पार्न सक्दैन।
योसँगै लिभरपुलले १९ औं उपाधि जितिसकेको छ। सन् १९८९–९० मा पछिल्लो पटक उपाधि जितेको लिभरपुलको यो पहिलो प्रिमियर उपाधि हो।
प्रतिक्रिया दिनुहोस्