गण्डकीमा २५ संक्रमित थपिए, ९ निको भए

काठमाडौं- गण्डकी प्रदेशमा शुक्रबार थप २५ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सबैभन्दा बढी २१ जना छन्।

यस्तै, तनहुँमा दुई र स्याङ्जा तथा बाग्लुङमा एक एक जना रहेको विज्ञप्तिमा उल्लेख छ। यससँगै गण्डकीमा कोरोना संक्रमित पुष्टि भएको संख्या सात सय ९२ पुगेको छ।

यस्तै, गण्डकीमा आजै थप ९ जना उपचारपछि निको भएर घर फर्किएका छन्। घर फर्किनेमा गोरखाकै ९ जना रहेको विज्ञप्तिमा उल्लेख छ।

यससँगै गण्डकीमा डिस्चार्ज हुनेको संख्या एक सय एक पुगेको छ।

प्रतिक्रिया दिनुहोस्