विज्ञानसम्बन्धी १२ रोचक तथ्य

संकलक : शिरिष अर्याल

मानव शरीरलाई चाहिने १ प्रतिशत पानीको कमी भएमा प्यास लागेको महसुस हुन थाल्छ। यस्तै, १० प्रतिशत कमीले मृत्युसमेत हुन सक्छ।

शरीरका लागि ९० प्रतिशत ऊर्जा अक्सिजनबाट प्राप्त हुन्छ भने भोजन र पानीबाट १० प्रतिशत ऊर्जा मात्र आवश्यक हुन्छ।

एउटा वयस्क मानिसमा बच्चाको तुलनामा ६० वटा हड्डी कम हुने गर्छ।

मानव शरीरमा लगभग ०.२ मिलिग्रामसुन पाइन्छ, जसमध्ये धेरै मात्रा रगतमा पाइन्छ। ५० हजार मानिसको रगतबाट १० ग्रामसम्म सुन निकाल्न सकिन्छ।

केराको ५० प्रतिशत डिएनए मानिससँग मेल खान्छ।

भिटामिन ‘सी’ धेरै तताउँदा नष्ट हुन्छ।

मानिसको आँशुमा सोडियम क्लोराइड तत्व पाइन्छ। त्यसैकारण आशुँको स्वाद नुनिलो हुन्छ।

अन्डामा प्रायः सबै भिटामिन पाइन्छ। केवल भिटामिन ‘सी’ नाइसिन मात्र हुँदैन।

हाम्रो आइब्रोमा झन्डै साढे पाँच सय कपाल वा रौँ हुन्छ।

बिहानको तुलनामा मानिस साँझभन्दा १ इन्च लामो वा अग्लो हुने गर्छन्।

मानिस बोल्दा ७२ वटा मांशपेशी सक्रिय हुने गर्छन्।

मानिसको दिमाग करिब दुई करोड तन्तुबाट बनेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्