पाकिस्तानका १० क्रिकेटर कोरोना संक्रमित

इस्लामावाद- पाकिस्तान क्रिकेट बोर्डले गत मंगलबार सात खेलाडीलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको पुष्टि गरेको छ।

क्रिकेट बोर्डका अनुसार फकर जमाम, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान तथा वहाब रियाजलाई मंगलबार कोरोना संक्रमण देखिएको छ। पछिल्लो केही दिनयता पाकिस्तानका १० क्रिकेटरलाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना परीक्षण नेगेटिभ देखिएका खेलाडी जुन २८ मा इंग्ल्यान्ड प्रस्थान गर्नेछन्। पाकिस्तान र इंग्ल्यान्डबीच अगस्तमा तीन तीन टेस्ट तथा टि २० शृंखला प्रस्ताव गरिएको छ।

पाकिस्तानमा कोरोना संक्रमण लगातार बढिरहेको छ। अहिलेसम्म पाकिस्तानमा एक लाख ८५ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्, जवकी तीन हजार ९ सयभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ।

बिबिसी

प्रतिक्रिया दिनुहोस्