आज खण्डग्रास सूर्य ग्रहण, कुन राशिलाई कस्तो फल?

काठमाडौं- आज नेपालको आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहण बिहान १०ः५० देखि सुरु भइ दिउँसो २ः२३ मा सकिनेछ। ग्रहणको मध्य समय मध्यान्ह १२ः३८ बजे हुनेछ।

ग्रहणमा सूतक समय अघिल्लो राति १०ः३० देखि नै सुरु भएको ज्योतिषी बताउँछन्। सूतक सुरु भएपछि बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घन्टा)अघि नै सूतक लाग्नेमान्यता छ।

ग्रहणलाई नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भूटान, चीन, म्यानमार, अफगानिस्तान, अष्ट्रेलिया, अमेरिकालगायत देशबाट देख्न सकिन्छ।

कुन राशिलाई कस्तो फल ?

ग्रहणको फल मेष, सिंह, कन्या र मकर राशिलाई शुभ र अन्य राशिलाई अशुभ देखिन्छ ।

मेष : श्रीप्राप्ती

​वृष : क्षति

मिथुन : घात

कर्कट : व्यय

सिंह : लाभ

कन्या : सुखम्

तुला : माननाश

वृश्चिक : कष्ट

धनु : स्त्रीपीडा

मकर : सौख्यम्

कुम्भ : चिन्ता

मीन : व्यथा

फाइल तस्बिर।

प्रतिक्रिया दिनुहोस्