पर्सामा बेवारिसे शवमा पनि कोरोना संक्रमण

काठमाडौं- पर्सामा बेवारिसे शवमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

मृतकको सनाखत हुन सकेको छैन। उनको शव परीक्षणपछि पनि नारायणी अस्पतालमै राखिएको छ।

शव बेवारिसे भेटिएपछि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो। मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी उप क्षेत्रीय अस्पतालले जनाएको छ।

यसअघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्