काठमाडौं- देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर कोरोना संक्रमितको संख्या पाँच हजार ६२ पुगेको छ। तीमध्ये आठ सय ८८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। यस्तै, कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ।
कुन प्रदेशको अवस्था कस्तो ?
प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीन सय ३७ छ। तीमध्ये एक सय ६४ जना निको भएर घर फर्किएका छन्। त्यहाँ कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २ मा अहिलेसम्म १८७४ जना संक्रमित भएका छन्। तीमध्ये तीन सय ५८ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ।
बाग्मती प्रदेशमा अहिलेसम्म १८६ संक्रमित देखिएका छन्। तीमध्ये ४३ जना डिस्चार्ज भएका छन् भने चार जनाको मृत्यु भएको छ।
अहिलेसम्म एक सय ८८ जना संक्रमित देखिएको गण्डकी प्रदेशमा निको हुनेको संख्या १२ छ। त्यहाँ कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी एक हजार चार सय ४३ पुगेको छ भने २६२ जना डिस्चार्ज भएका छन्। त्यहाँ कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या आठ सय ४२ छ। यस्तै उपचारपछि निको हुने २५ छन्। कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने तीन छ।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १९२ पुगेको छ। तीमध्ये उपचारपछि निको हुने १३ जना छन्। यस्तै, कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्