कनरी-चौमाला सडक थालियो कालोपत्रे, पूर्वमन्त्रीले गरे शिलान्यास

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिका जोड्ने कनरी-चौमाला सडक कालोपत्रे सुरु गरिएको छ।

धनगढी उपमहानगरपालिकाको कनरीदेखि बेहडाबाबा मन्दिर हुँदै गौरीगंगा नगरपालिका-३ झिल जोड्ने साढे पाँच किलोमिटर सडक स्तरोन्नति थालिएको हो।

उक्त सडकको सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री दीर्घ सोडारीले आज शिलान्यास गरेका छन्।

शनिदेव उच्चकोटी जेभीले ठेक्का पाएको उक्त सडकको लागत सात करोड १६ लाख ६ हजार ६ सय ८६ रुपैयाँ ८२ पैसा छ।

सडक आयोजना प्रमुख विष्णुबहादुर खड्काले सडक शिलान्यास भएसँगै काम सुचारु भइसकेको बताए। ‘अहिले नाली निर्माणको काम भइरहेको छ,’ उनले भने।

उक्त सडक २०७८ भदौ १० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्