कर्णालीमा थप ८३ जनालाई कोरोना पुष्टि

काठमाडौं- कर्णाली प्रदेशमा थप ८३ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

कर्णालीको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमितमध्ये सुर्खेतका ४५ र दैलेखका ३८ जना छन्। यससँगै कर्णालीमा कूल संक्रमितको संख्या आठ सय ४६ पुगेको छ।

यस्तै, आज २२ जना उपचारपछि निको भएर घर फर्किएको महाशाखाले जनाएको छ। यससँगै त्यहाँ उपचारपछि निको भएर घर फर्किनेको संख्या ८२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्