काठमाडौं- गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिने नयाँ संक्रमितमा स्याङ्जाका २२, पर्वतका १३ तथा तनहुँ र पूर्वी नवलपरासीका एक–एक जना पुरुष छन्।
निर्देशनालयका अनुसार थपिनेमा स्याङ्जाको गल्याङ नगरपालिकामा सबैभन्दा धेरै १८ संक्रमित छन्। उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन्। यस्तै, वालिङ नगरपालिकामा दुई र अर्जुनचौपारी गाउँपालिकामा एक जनामा पनि कोरोना पुष्टि भएको छ।
स्याङ्जाको स्थानीय तह नखुलेको एक जनामा पनि कोरोना संक्रमण देखिएको निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विक्रम शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८८ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्