डडेलधुरा- डडेलधुरामा आफ्नै नातिको मुसल (धान कुट्न बनाइएको काठ) प्रहारबाट वृद्धाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय, डडेलधुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार गन्यापधुरा गाउँपालिका–२, कुँवर गाउँका २४ वर्षीय रोशनराज गिरीले बुधबार साँझ मुसल प्रहार गर्दा ७३ वर्षीया राधादेवी गिरीको ज्यान गएको हो।
मुसल प्रहारपछि घाइते राधादेवीलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले हत्या आरोपमा रोशनराजलाई पक्राउ गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्