कर्णालीमा कोरोना : कुन जिल्लामा कति ?

काठमाडौं- कर्णाली प्रदेशमा ७ सय ८ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका बुधबार राति सार्वजनिक गरेको तथ्यांक अनुसार कर्णालीमा कोरोना संक्रमण देखिएकामध्ये ६५६ पुरुष र ५२ महिला छन्।

कर्णालीको दैलेखमा सबैभन्दा बढी ३ सय ८६ संक्रमित छन्। यस्तै, रुकुम पश्चिममा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।

कुन जिल्लामा कति ?

दैलेख : ३८६

सल्यान : १३७

सुर्खेत : १०६

कालिकोट : २८

जुम्ला : २४

जाजरकोट : ८

मुगु : २

हुम्ला : १

डोल्पा : १

अन्य प्रदेशका : १५

प्रतिक्रिया दिनुहोस्