काठमाडौं- सुदूरपश्चिममा थप तीन सय २३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मंगलबार थप दुई सय ९२ पुरुष र ३१ महिलामा कोरोना संक्रमण भएको पुष्टि गरे।
यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या चार हजार ८५ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्