कालापानी-लिपुलेख फिर्ताका लागि गीतमार्फत दबाब

धनगढी- छिमेकी भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी, लिपुलेख र लिम्पियाधुरा फिर्ताका लागि दबाबमुलक गीत बजारमा आएको छ।

‘हिँड कालापानी’ बोलको उक्त गीतमा विष्णु भट्टको संगीत तथा डिल्लीराज जोशी र नारायण जोशीको शब्द छ।

उक्त गीतमा १९ जना गायक गायिकाले स्वर भरेका छन्। गीतमा विष्णु भट्ट, लालु रैकाल, काव्या आचार्य, मिना एनपी, खगेन्द्र जोशी, नारायण जोशी, डिल्लीराज जोशी, खुमन जोशी र तेजस परियारको स्वर छ।

यस्तै, सुशील नागरी, सागर नागरी, चन्दन पार्की, सुनिल बोहरा, दीपेन्द्र रावल, तेज बम, सुरेश बम, विरही प्रेम जोशी, हीरा नेपाली र रितु थापाले पनि गीतमा स्वर दिएका छन्।

सरकारले हालै भारतले अतिक्रमण गरेको उक्त भूभागसहितको नक्सा जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्