काठमाडौं– सुनको मूल्य आज (सोमबार) सय रूपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय रूपैयाँ निर्धारण गरिएको छ, जुन अहिलेसम्मकै सर्वाधिक हो।
यसअघि आइतबार उक्त सुन प्रतितोला ८७ हजार चार सय रूपैयाँ तोकिएको थियो।
तेजावी सुनको मूल्य भने एक सय पाँच रूपैयाँ बढेको छ। महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ६५ रूपैयाँ कायम गरिएको छ। यसअघि आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय ६० रूपैयाँ निर्धारण गरिएको थियो।
चाँदीको मूल्य यथावत भने प्रतितोला ५ रूपैयाँ बढेर ९ सय ३० पुगेको छ।
महासंघले लकडाउनको साढे दुई महिनापछि आइतबारदेखि दैनिक मूल्य निर्धारण गर्न थालेको हो। महासंघले आइतबार छापावाल सुनको मूल्य १० हजार चार सय बढाएको थियो।
त्यसअघि गत चैत १० गते (पछिल्लो पटक सुनको मूल्य निर्धारण गरिएको दिन) छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार रूपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस्