ओमानलाई हराउँदै नेपाल अंकतालिकामा एक स्थान माथि उक्लियाे

काठमाडौं- आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक शृंखलामा नेपालले ओमानमाथि ७ विकेटकाे जित हासिल गरेकाे छ।

पियरल्यान्डस्थित माेसा क्रिकेट रंगशालामा १ सय ६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ३३.१ ओभरमै जित निकाल्याे। नेपालका लागि आशिफ शेखले सर्वाधिक ६२ रनकाे पारी खेले। यस्तै, कुशल भुर्तेलले ५६ र देव खनालले १० रन बनाए। राेहित पाैडेल २६ र दीपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे।

बलिङमा ओमानका फयाज बटले २ र खवाज अलीले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४७ ओभरमा १ सय ६३ रनमा अलआउट भयाे। ओमानका लागि जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाए। यस्तै, सन्दीप गाैडले ४७, जतिन्दर सिंहले २३ र नसिम खुसीले १० रनकाे याेगदान दिए। अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन्।

बलिङमा नेपालका करन केसीले सर्वाधिक ५ विकेट लिए। यस्तै, सन्दीप लामिछानेले ३ तथा दीपेन्द्र सिंह ऐरी र साेमपाल कामीले १-१ विकेट लिए।

जितसँगै नेपाल अंकतालिकाकाे एक स्थान माथि उक्लिएकाे छ। नेपाल १५ अंकसहित अंकतालिकाकाे पाँचाैं स्थानमा छ। नेपालभन्दा पछि नामिबिया र पपुवा न्युगिनी छन्। यी टाेली क्रमशः छैटाैं र साताैं स्थानमा छन्। नामिबियाकाे १४ अंक छ भने पपुवा न्युगिनीकाे २ अंक छ।

तालिकाकाे शीर्ष स्थानमा ओमान छ। त्यसपछि क्रमशः दाेस्राे, तेस्राे र चाैथाे स्थानमा स्कटल्यान्ड, युएई र अमेरिका छन्। यी टाेलीले नेपालभन्दा बढी खेल खेलेका छन्।

शृंखलाकाे आफ्नाे पहिलाे खेलमा ओमननसँग १३ रनले पराजित भएकाे नेपालले दाेस्राे खेलमा घरेलु टाेलीसँग बराबरी खेलेकाे थियाे। जारी शृंखलामा नेपाल अमेरिकासँग आफ्नाे अन्तिम खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्