कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा दाेहाेरिए कुँवर

धनगढी- कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर दाेहाेरिएका छन्। शनिबार भएकाे निर्वाचनमा सुरेन्द्र राठीलाई ३ सय २३ मतान्तरले हराउँदै कुँवर दाेस्राे कार्यकालका लागि विजयी भएका हुन्।

यस्तै, वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एसाेसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा ‘अब्बु’ र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्।

निर्वाचनमा १ हजार ९५ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्