काठमाडौं- नेपाली बजारमा सुनकाे मूल्य ताेलामा १५ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतिताेला ९९ हजार २ सय रूपैयाँ कायम भएकाे छ।
गत शुक्रबार छापावाल सुन ताेलाकाे ९७ हजार ७ सय रूपैयाँमा किनबेच भएकाे थियाे। यस्तै, तेजाबी सुन प्रतिताेला ९८ हजार ७ सय रूपैयाँ कायम गरिएकाे सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ। गत शुक्रबार यसकाे मूल्य ताेलाकाे ९७ हजार २ सय रूपैयाँ थियाे।
सुनसँगै चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले बढेको छ। चाँदीकाे मूल्य प्रतिताेला १ हजार २ सय ६५ रूपैयाँ कायम भएकाे सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्