नेपालद्वारा अमेरिकासामु २७५ रनकाे लक्ष्य प्रस्तुत

काठमाडौं- आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक शृंखलाकाे तेस्राे खेलमा नेपालले घरेलु टाेलीलाई २ सय ७५ रनको लक्ष्य दिएको छ।

पियरल्यान्डस्थित माेसा क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा अलआउट भयाे । नेपालका लागि राेहित पाैडेलले सर्वाधिक ६२ रन बनाए। यस्तै, आशिफ शेखले ६१, देव खनालले ५४, माेहम्मद अदिल आलमले ३६ र कुशल भुर्तेलले २० रनकाे पारी खेले।

बलिङमा अमेरिकाका रस्टी थेराेनले ४ तथा शाैरभ नेत्राभाल्कर र अली खानले समान २ विकेट लिए। अमेरिकाले केही बेरमा ब्याटिङ थाल्नेछ।

प्रतिक्रिया दिनुहोस्