पार्टीबाट निर्वाचित जनप्रतिनिधिले अनियमितता गरे कारबाही गरिने छ : बलायर

धनगढी- नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले अनियमितता गरे कारबाही गरिने चेतावनी दिएका छन्। 

शुक्रबार धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा आयोजित जनप्रतिनिधिलाई बधाई तथा स्वागत कार्यक्रममा सभापति बलायरले यस्ताे चेतावनी दिएका हुन्।

‘प्रदेश समिति आइसकेपछि हामीले दिएको टिकटबाट तपाईंहरु निर्वाचित हुनु भएको छ। तपाईंहरुले राम्रो गरे पार्टीको नाम उच्च रहन्छ, गलत गरे बदनामित हुन्छौं। तसर्थ, गलत काम नगर्नु होला,’ उनले भने । कांग्रेसबाट जितेका जनप्रतिनिधिले गतल काम र आर्थिक अनियमितता गरेको भेटिएमा पार्टीले नछाड्ने उनले बताए। 

जनप्रतिनिधिले व्यक्तिगत स्वार्थका लागि प्रमुख र उपप्रमुखबीच बाझाबाझ भएमा पार्टीप्रति मात्रै नभई देशप्रति अन्याय हुने उनले बताए। उनले भने, ‘अघिल्ला जनप्रतिनिधिहरुको व्यक्तिगत स्वार्थकै कारण बाझाबाझ हुँदा गतिलो काम हुन सकेन। अब नयाँ जनप्रतिनिधिले त्यस्तो गरेको भेटिएमा प्रदेश कार्य समितिले बाँकी राख्दैन।’  

प्रतिक्रिया दिनुहोस्