बढ्याे पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हाे।

निगमले पेट्रोलमा प्रतिलिटर आठ तथा डिजल/मट्टीतेलमा प्रतिलिटर १२/१२ रुपैयाँ बढाएको छ।यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८, डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पुगेको छ। 

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।

‘निगमले अन्तराष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको तथा इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब रुपैयाँ पुगेको हुँदा निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो,’ निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्