सुदूरपश्चिम कांग्रेसले नवनिर्वाचित जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने

धनगढी- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिले स्थानीय तहमा निर्वाचित ९ वटै जिल्लाका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएको छ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग आगामी रणनीति तथा पार्टीको घोषणापत्र अनुसार जनमुखी कार्यसम्पादनका लागि निर्देशन जारी गर्न अन्तरक्रिया गर्न लागिएको हो ।

नवनिर्वाचित जनप्रतिनिधिसँग यही जेठ २७ गते धनगढीस्थित प्रदेश कार्यालयमा अन्तरक्रिया गरिने कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्