रूपन्देहीकाे रोहिणी खोलामा बस खस्याे, ९ जनाको मृत्यु

काठमाडाैं– रूपन्देहीकाे रोहिणी खोलामा यात्रुवाहक बस खसेको छ। जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस आज बिहान करिब साढे ४ बजे खोलामा खसेकाे हाे। दुर्घटनामा बसमा सवार नौ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनाका घाइतेमध्ये पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। बसलाई खाेलाबाट निकालिएकाे र घाइतेको उद्धार जारी रहेकाे प्रहरीले जनाएकाे छ।

चालक निदाएकाले बस दुर्घटना भएको हुनसक्ने प्रहरीकाे अनुमान छ।

प्रतिक्रिया दिनुहोस्