धनगढी- देउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ सम्मानित भएका छन्। कैलाली जनपुस्तकालयले उनलाई देवकान्त पन्त राष्ट्रिय लोकसंस्कृति सम्मान- २०७८ प्रदान गरेकाे हाे।

जनपुस्तकालयले आफ्नाे ६५ औं वार्षिकाेत्सवका अवसरमा शनिबार आयाेजित कार्यक्रममा उनलाई सम्मान गरेकाे हाे। उनलाई सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सम्मानपत्र हस्तान्तरण गरे। साे समाराेहमा उनीसँगै अन्य व्यक्तिलाई पनि विभिन्न सम्मान र पुरस्कार दिइएकाे थियाे।


प्रतिक्रिया दिनुहोस्