विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए पदबाट राजीनामा

काठमाडाैं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा पार्टीले निराशाजनक परिणाम हासिल गरेकाले नैतिकताको आधारमा राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ।

‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ, ’ उनले लेखेका छन्, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।’

स्थानीय तह निर्वाचनमा विवेकशील साझाले देशभर एक स्थानीय तहकाे प्रमुख तथा उपप्रमुख मात्रै जितेकाे छ।

प्रतिक्रिया दिनुहोस्