पत्रकार सापकाेटाले ल्याए कथासंग्रह ‘जरा’

कोहलपुर- पत्रकार सनत सापकोटाद्वारा लिखित संस्मरणात्मक कथाहरूको संग्रह ‘जरा’ हालै प्रकाशित भएको छ। आफ्ना बाल्यकालीन स्मृतिहरूलाई समेटेर सापकोटाले पुस्तक निकालेका हुन्।

विधागत रूपमा सापकोटाले यस संग्रहलाई संस्मरणात्मक निबन्ध नभनेर ‘कथास्मरण’को संज्ञा दिएका छन्। १७ थान छुट्टाछुट्टै रचनालाई संग्रहको रूप दिइएको यो कृति सरल भाषा र कथात्मक शैलीमा लेखिएको छ।

यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका संस्मरणात्मक आलेखहरू पुस्तकमा समेटिएको हो। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रकाशन गरेको सापकोटाको यो कृति लेखकको बाल्यकालीन स्मृतिहरूको संग्रह हो।

प्राय: सबैको बाल्यकालसँग मेल खाने उनका ‘कथास्मरण’ले पाठकलाई पनि आ–आफ्ना बाल्यकालीन स्मृतिहरूसम्म पुर्याउँछन्।

प्रतिक्रिया दिनुहोस्