भारतीय पूर्वक्रिकेटर, जो ६६ वर्षमा दोस्रो विवाह गर्दैछन्

काठमाडौं– भारतका पूर्वक्रिकेटर तथा बंगाल क्रिकेट टिमका कोच अरुण लाल ६६ वर्षको उमेरमा आफ्नो वैवाहिक जीवनको दोस्रो पारी सुरु गर्दैछन्।

पत्नी रिना लामो समयदेखि अस्वस्थ भएपछि उनी आफ्नो पुरानो साथी बुलबुल साहा (घड)सँग आउदो मे २ मा वैवाहिक बन्धनमा बाधिन लागेका हुन्। विवाह कोलकाताको धर्मतल्लास्थित एक पाँचतारे होटलमा हुनेछ।

बुलबुल लामो समयदेखि एक स्थानीय विद्यालयमा पढाउँदै आएकी छन्।

विवाहको निमन्त्रणा कार्ड बाँडिसकिएको छ। विवाह समारोहका लागि केही क्रिकेटर र पूर्वक्रिकेटरलाई निमन्त्रणा दिइएको छ।

अरुणलालले भारतका लागि १६ टेस्ट र १३ वनडे म्याच खेलेका छन्।

बिबिसी हिन्दी

प्रतिक्रिया दिनुहोस्