पाकिस्तानका विदेशमन्त्री बने बिलावल भुट्टो

काठमाडौं– पाकिस्तानको तेस्रो ठूलो पार्टी पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले विदेशमन्त्रीको शपथ लिएका छन्। उनले बुधबार शपथ लिएका हुन्।

भुट्टो सरकारमा सहभागी भएसँगै शहबाज शरीफ नेतृत्वको सरकार बलियो बनेको त्यहाँको राजनीतिसम्बन्धी जानकार बताउँछन्।

भुट्टोले कस्तो विदेश नीति अवलम्बन गर्छन् भन्ने आमचासो छ। खासगरी भारतसँगको विदेश नीति।

प्रतिक्रिया दिनुहोस्