धनगढी- सत्ता गठबन्धनले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ।
गठबन्धनबाट मेयरमा धनगढीका निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र उपमेयरमा नेकपा माओवादी केन्द्रकी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसअघि उनीहरू धनगढी चौराहाबाट बाजागाजासहित निकालिएको र्यालीसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
प्रतिक्रिया दिनुहोस्