कञ्चनपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल

धनगढी- कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। केन्द्रीय गठबन्धन अनुसार जिल्लामा तालमेल हुन नसकेपछि कञ्चनपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो।

सहमति अनुसार जिल्लाका ९ स्थानीय तहमध्ये ५ को नेतृत्व माओवादी केन्द्रले र ४ को नेतृत्व एकीकृत समाजवादीले पाउने भएका छन्। माओवादी केन्द्रले कृष्णपुर, शुक्लाफाँटा र बेलौरी नगरपालिका तथा लालझाडी र बेलडाँडी गाउँपालिका प्रमुख पाएको छ। एकीकृत समाजवादीले बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनर्वास नगरपालिकाको नेतृत्व पाएको छ।

केन्द्रमा नेपाली काग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चाबीच गठबन्धन छ। यी दलले अन्य जिल्लाको चुनावमा गठबन्धन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्