श्रीलंकाजस्ताे आर्थिक संकट निम्तिएला नेपालमा ?

श्रीलंकाले ७३ वर्षकै इतिहासमा सबैभन्दा चरम आर्थिक संकटको सामना गर्नुपरेकाे छ। यस्ताे प्रमुख कारण हाे- ऋण। त्यहाँकाे सरकारी विभागका अनुसार श्रीलंकाले एडिबीका अलावा चीनबाट ठूलाे मात्रामा ऋण लिएकाे छ। उसले आफ्नाे विदेशी मुद्रा भण्डारभन्दा बढी मात्रामा ऋण लिएकाे विदेशी सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लाे केही महिनायता त्यहाँ महँगी चुलिएकाे छ। दैनिक उपभाेग्य सामग्रीसँगै पेट्राेलियम पदार्थकाे मूल्य लगातार बढिरहेकाे छ। त्यहाँ महँगी दर साढे २ अंकमा छ। श्रीलंकाकाे केन्द्रीय बैंकका अनुसार काेराेना संक्रमणकाे सुरूवातमा त्यहाँ महँगी दर ५ प्रतिशतभन्दा बढी थियाे। २०२२ फेब्रुअरीसम्म महँगी दर १८ प्रतिशत पुगिसकेकाे छ। याे पछिल्लाे एक वर्षकाे तुलनामा १३ प्रतिशत बढी हाे।

श्रीलंकामा आर्थिक संकट निम्तिनुमा केही कारण छन्। यसमा उच्च लागतको सरकारी ऋण अर्थतन्त्रको आकारको १०० प्रतिशतभन्दा माथि हुनु, सरकारी राजस्व नै घट्ने गरी गलत समयमा आयकरमा छुट दिनुलगायत कारण छन्। यस्तै, विश्वव्यापी कच्चा तेलको मूल्यमा भारी वृद्धि हुँदा त्यसको असर (थर्मल प्लान्ट) विद्युत उत्पादन हुँदै सबै क्षेत्रको उत्पादन मूल्य बढ्नु र मुद्रास्फिति १८ प्रतिशतको हाराहारीमा पुग्नु, व्यापार घाटा बढ्नु, मुद्रा संचिति घट्नु, विप्रेषण र कोरोना संक्रमणका कारण पर्यटन आय घट्नुलगायत कारणले श्रीलंकाको आर्थिक स्थिति धरासायी हुने अवस्थामा पुगेको हो।

नेपाल श्रीलंकाकाे मार्गमा छ ?

सरकारी पक्ष भने नेपालमा श्रीलंकाजस्ताे संकट निम्तिने अवस्था नरहेकाे दाबी गर्छन्। तर, सरकार बेलैमा सचेत नभए त्याे अवस्था नआउला भन्न सकिन्न। किनकि पछिल्लाे समय आर्थिक सूचक कमजोर हुँदै गएका छन्। यस्तै, विप्रेषण आयको वृद्धिदर सन्तोषजनक नहुनु, पर्यटन क्षेत्रले गति नलिनु, नेपाली मुद्राको निरन्तर अवमूल्यन हुनु, वैदेशिक संचिति घट्दै जानु, बैंकमा लगानीयोग्य पूँजीको अभाव हुनु र पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्वि हुनुले मुलुककाे आर्थिक क्षेत्रमा खतराको संकेत देखिएकाे छ।

तसर्थ सरकारले आर्थिक सूचक सुधार्न बेलैमा ध्यान दिन जरुरी छ। यससँगै ऋणको प्रभावकारी परिचालन गर्न आवश्यक छ। अनि मात्र श्रीलंकाजस्ताे संकटबाट मुलुकलाई जाेगाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्