एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौं- नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ। एमालेको केन्द्रीय कार्यलयमा बुधबार चुनावी तालमेल गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएको हो।

सहमतिपत्रमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरे। उक्त कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए।

सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनावमा उम्मेद्वार बन्ने छन्। यस्तै, राप्रपा नेपालका उम्मेदवार निर्वाचित भएपछि उक्त पार्टीमै आबद्ध रहने छन्।

प्रतिक्रिया दिनुहोस्